सन २०५० मा अमेरिकामा इसाइको संख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने

डिसी नेपाल
३ चैत २०८० ७:४७

काठमाडौं। अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएको छ।

प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम धर्मका बारेमा चकित पार्ने तथ्यांक बाहिर आएको छ।

सो रिसर्चका अनुसार संसारको धार्मिक प्रोफाइल द्रूत गतिमा परिवर्तन हुँदैछ। यसको मुख्य कारण प्रजनन दर, युवा जनसंख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ।

जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठूलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ। यदि अवस्था यस्तै रह्यो भने सन् २०५० सम्ममा विश्वभर मुस्लिमहरुको संख्या लगभग क्रिश्चियनको संख्या बराबर हुनेछ।

संयुक्त राज्य अमेरिका र फ्रान्स जस्ता देशहरूमा नास्तिक, अज्ञेयवादी र कुनै पनि धर्मसँग सम्बद्ध नभएका मानिसहरूको संख्या बढ्दै गएको छ। तर, २०५० मा विश्वव्यापी बौद्ध जनसंख्या लगभग २०१० मा जस्तै हुनेछ, जबकि हिन्दू र यहूदी जनसंख्या आज भन्दा ठूलो हुनेछ।

संयुक्त राज्य अमेरिकामा ईसाईको जनसंख्या २०१० को भन्दा तीन चौथाईबाट २०५० मा दुई तिहाईमा घट्नेछ। यहूदी धर्म अब अमेरिकामा सबैभन्दा ठूलो गैर क्रिस्चियन धर्म हुने छैन। अमेरिकामा धर्मको आधारमा यहूदी भनेर चिनाउनेहरू भन्दा धेरै मुस्लिमहरू हुने देखिएको छ ।

सन २०१० र २०५० को बीचमा कुल विश्व जनसंख्या ३५ प्रतिशतले बढेर ९.३ बिलियन हुने अपेक्षा गरिएको छ। यसैबीच, उच्च प्रजनन दरका कारण, मुस्लिमहरूको युवा जनसंख्या अन्य धर्महरूको तुलनामा छिटो बढ्नेछ।

युरोपमा कुल जनसंख्याको १० प्रतिशत मुस्लिम हुनेछन्। सन् २०५० मा भारतमा हिन्दू बाहुल्यता कायम रहनेछ तर इन्डोनेसियालाई पछाडि छोडेर विश्वको कुनै पनि देशको तुलनामा यो सबैभन्दा बढी मुस्लिम जनसंख्या हुनेछ।

प्यू रिसर्चका अनुसार सन् २०५० मा विश्वका हरेक १० मध्ये चार क्रिस्चियन सब–सहारा अफ्रिकामा बस्नेछन्। यस प्यू रिसर्च सेन्टरले विश्वभर मानिसको बढ्दो जनसंख्याको अनुमान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *