रूसमा पहिलो पटक तीन दिनसम्म मतदान

डिसी नेपाल
४ चैत २०८० ७:५२

मस्को। रुसमा राष्ट्रपतीय निर्वाचनको मतदानका क्रममा आगजनी र हिंसा भइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनको सीमासँग जोडिएको बेल्गोरोड सहरमा पुटिन विरोधी मानिसहरूले धेरै ठाउँमा आगजनी गरेका छन्।

सोही क्रममा राजधानी मस्कोका धेरै मतदान केन्द्रमा मानिसहरूले तोडफोड गरेका छन्। प्रहरीले हिंसामा संलग्न रहेको आशंकामा हालसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ।

रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ मा मतदान सुरु भएको थियो। पहिलो पटक तीन दिनसम्म मतदान हुँदैछ। कुनै पनि आपराधिक मुद्दामा जेल सजाय नपाएका रूसी नागरिकहरूले मार्च १७ सम्म मतदान गर्न सक्नेछन्। साथै, मस्को समय अनुसार मार्च १७ रातिसम्म नतिजा सार्वजनिक गर्न सकिनेछ।

समाचार एजेन्सी एपीका अनुसार एक युवतीले सेन्ट पिटर्सबर्गको एक विद्यालयमा बनाइएको मतदान केन्द्रमा आगजनी गरेकी छन्। ती २० वर्षीया युवतीले पुटिनको विरोधमा आगो लगाएको प्रहरीले जनाएको छ। उनलाई हिरासतमा राखिएको छ।

त्यही क्रममा राजधानी मस्कोमा एक महिलाले मतपेटिकामा मसी हालेकी थिइन्। मस्कोका अन्य मतदान केन्द्रहरूमा पनि आगो लगाइयो। प्रहरीले यस्तै गर्ने अर्की महिलालाई पनि पक्राउ गरेको छ। यहाँ निर्वाचन प्रक्रियामा अवरोध गरेको आरोपमा मसी खन्याएकी महिला पक्राउ परेकी छन्।

सेन्ट पिटर्सबर्ग र मस्को बाहेक भोरोनेज, कराचे चेर्केसिया र रोस्तोभ सहरबाट पनि मानिसलाई हिरासतमा लिइएको छ। साइबेरियन क्षेत्र खान्ती मानसीमा एक महिलाले मतपेटिका जलाउने प्रयास गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *