ट्विटरमा टप ट्रेन्डिङमा ‘सिद्धू मूसेवाला’, गायकको हत्या भएको २ वर्षपछि भाइ जन्मिए

डिसी नेपाल
४ चैत २०८० १४:५३

काठमाडौं । सोसल मिडिया प्लेटफर्म एक्समा ‘सिद्धु मूसेवाला’ फेरि एक पटक ट्रेन्डिङमा नम्बर एकमा छ ।

यस पटक ट्रेन्डिङ हुनुको कारण स्वर्गीय पञ्जाबी गायक सिद्धु मूसेवालाको भाइको जन्म हो। उनका बुबा बलकौर सिंह र आमा चरण कौर दोस्रो पटक अभिभावक बनेका छन् ।

बुबा बलकौर सिंहले आफ्नो इन्स्टाग्राम मार्फत सिद्धुको भाइको जन्म भएको जानकारी दिएका छन् ।

शुभदीपलाई माया गर्ने लाखौं जनताको आशीर्वादले भगवानले शुभको कान्छो भाइलाई आफ्नो काखमा राखेको उनले लेखेका छन् ।

मे २९, २०२२ मा पञ्जाबको मानसामा सिद्धु मूसेवालालाई धेरै गोली हानीएको थियो, जसपछि उनको मृत्यु भयो। उनी आमाबुवाको एक्लो सन्तान थिए ।

उनको मृत्युपछि आमा चरण कौरले आईभीएफ प्रविधिको सहायता बिना नै यो बच्चालाई जन्म दिइन् । उनको उमेर ५८ वर्ष छ ।

एक प्रयोगकर्ताले एक्समा लेखे, “लिजेन्ड्स नेभर डाइ ।” केही मानिसहरूले सिद्धु मूसेवाला २.० ले पनि लेखिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *