कांग्रेसले सरकार ढाल्ने योजनामा गृहमन्त्रीमाथि प्रहार गरिरहेको छः महेश वर्तौला
काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्राही भएर लागेको आरोप लगाएका छन् ।
आइतबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गृहमन्त्री लाछिानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाएका हुन् ।
कांग्रेसले २८ दिनभित्र सरकार ढाल्ने अभिव्यक्ति दिइरहेको बताउँदै उनले सहकारी तथा सुन तस्करी प्रकरणमा दोषी देखिएकालाई कारबाही हुने दाबी गरे ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुने दाबी गर्दै उनले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment