भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बन्दै, भारी अन्तरले जितेको दाबी

डिसी नेपाल
५ चैत २०८० ११:१८

काठमाडौं । भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा ठूलो मतान्तरले विजयी भएको दाबी गरेका छन् । यो जितपछि रुसका वर्तमान राष्ट्रपति पुटिनले पाँचौं पटक यो पदको जिम्मेवारी सम्हाल्नेछन् ।

पुटिनले लगातार पाँचौ पटक पनि जित्ने दाबी गर्दै आएका थिए । निर्वाचनको नतिजापछि उनले ८७ प्रतिशत मत प्राप्त गरेको दाबी गरेका छन् ।

यो घोषणापछि उनले रुसको लोकतन्त्र धेरै पश्चिमी देशको भन्दा पारदर्शी रहेको बताए । राष्ट्रपति चुनावमा पुटिनको विरुद्धमा उभिएका तीन जना उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भनिएको थियो ।

बीबीसी समाचारका अनुसार वास्तवमा कुनै पनि विश्वसनीय विपक्षी नेतालाई उभिन दिइएन । चुनावी नतिजा घोषणा भएपछि पुटिनका सबैभन्दा मुखर आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकहरूले प्रतीकात्मक प्रदर्शन गरेका थिए।

धेरै पश्चिमी देशहरूले रुसको राष्ट्रपति चुनाव स्वतन्त्र वा पारदर्शी नभएको बताएका छन्। जर्मनीले यसलाई एक अधिनायकवादी नेताको नेतृत्वमा गरिएको ‘नक्कली चुनाव’ भनेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, “रुसी तानाशाहले अर्को चुनाव गराउँदैछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *