उत्तर कोरियाद्वारा जापान नजिक मिसाइल प्रहार

डिसी नेपाल
५ चैत २०८० ११:४०

काठमाडौं । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको एक दिनपछि उत्तर कोरियाले आफ्नो पूर्वी समुन्द्रतर्फ धेरै छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको बैठकमा उत्तर कोरियाले कोरियाली प्रायद्वीप र जापान बीचको पानीमा धेरै मिसाइल प्रहार गरेको बताए।

उनले भने, “यी क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका छन् र कुनै क्षतिको खबर छैन।” किशिदाले उत्तर कोरियाको यो कदम जापानको शान्ति र सुरक्षाका लागि चेतावनी भएको बताए ।

उनले भने ‘यो क्षेत्र र अन्तर्राष्ट्रिय जगत दुवैका लागि खतरा हो। उत्तर कोरियाले मिसाइल प्रहार गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको छ ।’

सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल गतिविधिमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाको सेनाले पनि केही संदिग्ध छोटो दुरीका क्षेप्यास्त्र फेला पारेको जनाएको छ ।

उत्तर कोरिया नजिकै दक्षिण कोरिया र अमेरिकाबीच ११ दिने कम्प्युटर सिमुलेटेड कमाण्ड पोस्ट तालिम चलिरहेको थियो । यस सैन्य अभ्यासमा ४८ वटा क्षेत्रीय अभ्यास गरिएको छ । यो गत वर्षको तुलनामा दोब्बर अभ्यास हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *