पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको तालिबान सरकारको आरोप

डिसी नेपाल
६ चैत २०८० १२:४८

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानले आफ्नो देशमा हवाई हमला गरेको आरोप लगाएको छ । तालिबानले यी आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको जनाएको छ ।

मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् । तालिबानका प्रवक्ताले भनेअनुसार विमानहरूले पाकिस्तानको सीमा नजिकै खोस्त र पक्तिका प्रान्तमा बस्ने सर्वसाधारणको घरमा बमबारी गरेको थियो।

अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार हवाई हमलापछि सीमा क्षेत्रमा तालिवान र पाकिस्तानी सेनाबीच झडप पनि भएको छ । गोलीबारीमा तीन पाकिस्तानी सैनिक घाइते भएको पनि बताइएको छ ।

हाल यो सम्पूर्ण घटनामा पाकिस्तानको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन तर केही विज्ञहरूले यसलाई पाकिस्तानको बदलाको कदमको रूपमा हेरिरहेका छन्।

वास्तवमा एक साताअघि पाकिस्तानी सेनाको सुरक्षा चौकीमा आत्मघाती बम विष्फोट भएपछि पाकिस्तानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो ।

पाकिस्तानले अफगानिस्तानमा बसोबास गर्ने चरमपन्थी समूहले आफ्ना सुरक्षा बलमाथि आक्रमण गरिरहेको आरोप लगाएको थियो। अफगानिस्तानले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *