इजरायली सैनिकहरू फेरि गाजाको अल-शिफा अस्पतालमा प्रवेश गरे

डिसी नेपाल
६ चैत २०८० १३:०२

काठमाडौं । इजरायली सेनाले गाजा सहरको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही सुरु गरेको छ । सेनाले हालसम्म हमास चरमपन्थीसहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले हमासका अतिवादीहरु फेरि एक पटक संगठित भई अस्पतालमा कमाण्ड सेन्टरको तयारी गरिरहेको जानकारी पाएको दाबी गरेका छन् ।

इजरायली सेनाको दाबीअनुसार उनीहरूले अस्पताल वरपर बस्ने मानिसहरूलाई क्षेत्र खाली गर्न अपील गरेका थिए।

गाजाका धेरै शरणार्थीहरूले अस्पतालमा शरण लिएका छन्। जसमा बिरामी पनि पर्छन् । यसैबीच हमासले इजरायली सैन्य कारबाहीलाई नयाँ ‘अपराध’ र ‘आक्रमण’ भन्दै निन्दा गरेको छ ।

यसअघि अल शिफाविरुद्ध पनि कारबाही गरिएको थियो

यसअघि नोभेम्बर महिनामा पनि इजरायली सेनाले अल शिफा अस्पतालमा सैन्य कारबाही गरेको थियो ।

सेनाले अस्पताल परिसरबाटै हमासले आफ्नो कमाण्ड सेन्टर सञ्चालन गरेको दाबी गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *