महसा अमिनीको प्रहरी हिंसाका कारण मृत्यु भएको संयुक्त राष्ट्रसंघको रिपोर्ट

डिसी नेपाल
६ चैत २०८० १३:१९

काठमाडौं । संयुक्त राष्ट्रसंघको तथ्य खोजी मिशनले इरानमा अझै पनि महिलामाथि ठूलो मात्रामा भेदभाव भइरहेको फेला पारेको छ ।

मिसनले अनुसन्धानमा दुई वर्षअघि भएको महसा अमिनीको मृत्यु गैरकानुनी र प्रहरी हिंसाबाट भएको पाइएको छ ।

जेनेभामा भएको मानवअधिकार परिषद्को बैठकमा मिसन प्रमुख सारा हुसेनले एआई र प्रविधिको सहयोगमा देशमा महिलामाथि निगरानी भइरहेको बताइन् । सरकारले हिजाबको नियम पालना गरिरहेको छ वा छैन भनेर जाँच गर्न हरेक मेसिनरी प्रयोग गरिरहेको उनको दाबी छ ।

उनले गत वर्ष इरानमा कम्तीमा ८३४ जनालाई मृत्युदण्ड दिइएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *