खाना खान दिन ढिलो भएको रिसमा श्रीमतीको हत्या गरी आत्महत्या !

डिसी नेपाल
६ चैत २०८० १४:४४

काठमाडौं । उत्तर प्रदेशको सीतापुरमा खाना खान दिन ढिलो गरेको रिसमा एक व्यक्तिले पहिले श्रीमतीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेका छन् ।

पुलिसलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार घटना थानगाउँ थाना क्षेत्रको कोतवालनपुरवा गाउँमा भएको थियो। ३० वर्षीय पुरुषले सोमबार दिउँसो श्रीमतीसँग खाना मागेका थिए ।

खाना खुवाउन ढिलो गरेको भन्दै दुईबीच झगडा भयो, त्यसपछि श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । त्यसपछि आरोपी श्रीमानले घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

मृत्यु हुनेमा २८ वर्षीया प्रेमादेवी र उनका श्रीमान् परसराम रहेको थानगाउँ प्रहरी चौकीका इन्चार्ज हनुमन्तलाल तिवारीले बताए । आक्रोशित श्रीमानले पहिले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि जेल जाने डरले घरभित्रै आत्महत्या गरेको हुनसक्ने प्रहरी चौकी इन्चार्जले बताए ।

प्रहरीका अनुसार सोमबार दिउँसो खेतमा काम गरेर घर फर्किएका परसरामले श्रीमतीसँग खाना मागेका थिए । परसराम घर पुग्दा खाना तयार नभएको प्रहरीले जनाएको छ ।

खाना नपाउँदा श्रीमान रिसाएको र दम्पतीबीच झगडा भएपछि पटकपटक धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि आरोपित श्रीमानले आफूलाई कोठामा थुनेको गाउँलेहरुले बताएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *