भारतीय सिनेमाको सबैभन्दा महँगो खलनायक बने केजीएफ स्टार यश

डिसी नेपाल
६ चैत २०८० १५:३२

काठमाडौं । केजीएफ र केजीएफ २ का नायक यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् । दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन् ।

यशले यो भूमिकाका लागि १५० करोड भारु पाएका छन् । यो हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो । मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् तर यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन् ।

भारतमामा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन। रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाशमी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् ।

यसअघि सबैभन्दा धेरै पारिश्रमिक लिने खलनायक कमल हसन थिए । उनले प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर कल्की २८९८ एडीमा खलनायकको भूमिकाका लागि ३० करोड पारिश्रमिक लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *