सिडिओ सरुवामा नयाँ मापदण्ड, कार्यविधि संशोधन (पूर्णपाठसहित)

डिसी नेपाल
६ चैत २०८० १७:०९

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीको सरुवामा नयाँ मादण्ड तय गरेका छन्।

उनले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउने सम्बन्धि (दोस्रो संशोधन)कार्यविधि, २०८०’लाई कार्यान्वयनको प्रक्रियामा अघि बढाएका हुन्।

नयाँ मापदण्ड अनुरुप गृहमन्त्री लामिछानेले नौ जना सिडिओसहित गृह मन्त्रालय  अन्तर्गत कार्यरत २२ जना कर्मचारीको सरुवा गरिसकेका छन्। नयाँ संशोधित कार्यविधिमा ७७ जिल्लालाई तीन वर्गमा वर्गीकरण गरिएको छ ।

‘क’ वर्गमा १७ जिल्ला रहेका छन्। जसअनुसार काठमाडौं, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर, सुनसरी, धनुषा, भक्तपुर, काभ्रेपलाञ्चेक, दांग र सुर्खेत रहेका छन्।

२६ जिल्लालाई ‘ख’ वर्गमा राखिएको छ। जसअनुसार इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, गोरखा, तनहुँ, धादिंग, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, बारा, रामेछाप, सिन्धुली, डोटी, दोलखा, धनकुटा, महोत्तरी, रौतहट, बागलुंग, सप्तरी, सर्लाही, स्याङ्जा, सिन्धुपाल्चोक र सिरहा रहेका छन्।

यस्तै ‘ग’ वर्गमा रहेका १८ जिल्लाहरूमा अछाम, अर्घाखाँची, ओखलढुंगा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेलधुरा, दैलेख, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रोल्पा, लमजुङ, सल्यान र संखुवासभा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *