अफगानिस्तानमा महिलालाई खराब व्यवहार गरेको भन्दै अष्ट्रेलियाले टी–२० सिरिज रद्द गर्‍यो

डिसी नेपाल
६ चैत २०८० १७:०७

काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानमा महिला र बालिकाहरूलाई खराब व्यवहार गरेको भन्दै अफगानिस्तानसँगको प्रस्तावित टी-२० सिरिज रद्द गरेको घोषणा गरेको छ।

यो तीन खेलको टी-२० सिरिज अगस्टमा अष्ट्रेलियामा हुने थियो। क्रिकेट अष्ट्रेलियाले आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलबाट ट्वीट गर्दै यो जानकारी दिएको हो ।

उसले यो ट्विटमा अस्ट्रेलिया सरकारसँगको वार्तापछि यो निर्णय गरेको बताएको छ । यद्यपी उनले यस ट्वीटमा भविष्यमा अफगानिस्तानसँग मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

यसमा लेखिएको छ, “क्रिकेट अष्ट्रेलियाले विश्वभरको क्रिकेटमा महिला र बालिकाहरूको निरन्तर सहभागिताको लागि आफ्नो प्रतिबद्धता जारी राख्नेछ। र भविष्यमा द्विपक्षीय खेलहरू पुन: सुरु गर्न आईसीसी र अफगानिस्तान क्रिकेट बोर्डसँग मिलेर काम गर्नेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *