राष्ट्रियसभा सदस्य: दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव {भिडियो}

डिसी नेपाल
७ चैत २०८० १३:०२

काठमाडौं। राष्ट्रियसभाका सदस्यहरुले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरुले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

राष्ट्रियसभा सदस्य बिमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको बताएकी छिन् । सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिनुपर्ने उनले बताएकी छिन् । घिमिरेले सुरक्षाका मापदण्ड अपनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशमा धेरै सवारी दुर्घटना भइरहेको अवस्थामा सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् ।

त्यस्तै अर्का सदस्य जयन्ती राईले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणमा बिशेष ध्यान दिन माग गरेकी छिन् । उनले सवारी साधानहरुको अनुगमन गर्दै सडक स्तरोन्नतीमा पनि ध्यान दिनुपर्ने बताएकी छिन्।

त्यस्तै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, तुलप्रसाद विश्वकर्मा लगाएतले पनि सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *