पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्नु हुँदैनः रघुजी पन्त {भिडियो}

डिसी नेपाल
७ चैत २०८० १४:५५

काठमाडौं। नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन्।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका बिषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन्।

राजिनामा मागेर काम नै गर्न नदिने परिस्थीति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरुलाई पनि हेर्नुपर्ने उनले बताए। उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका बिषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *