ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउन गृहमन्त्री लामिछानेको निर्देशन

डिसी नेपाल
७ चैत २०८० १६:०१
2.5k
Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयका अनुसार उक्त स्थानको सुरक्षा लगायत अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिने गरी जिल्ला सुरक्षा समितिले सोही अनुसारकाे योजना बनाउन लागेकाे छ।

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।

हाल दुवै क्षेत्रको प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *