माओवादीसँग एकता गरेको भन्दै गलत प्रचार गरियोः बाबुराम भट्टराई

डिसी नेपाल
७ चैत २०८० १७:२६
28
Shares

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केहि मान्छेहरु माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन्।

राजनीतिक यात्रामा केहि व्यक्तिहरु अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केहि व्यक्तिहरु माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए।

भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसँग पूर्णरुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दावी गरे। अहिले आफुहरुसँग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए। त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए।

उनले मुलुकलाई स्थिरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापीतका लागि निरन्तर आवाज उठाउने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *