म्यानमारमा हवाइ आक्रमणमा परी २५ को मृत्यु
काठमाडौं। पश्चिमी म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा बालबालिकासहित मुस्लिम रोहिंग्या अल्पसंख्यकका कम्तीमा २५ जनाको मृत्यु भएको छ।
हवाई आक्रमण सोमबार बिहान राखिन राज्यको मिन्बिया टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई लक्षित गरी भएको थियो। आक्रमणमा अन्य २५ जना घाइते भएका छन् । सैन्य सरकारले यस रिपोर्टमा तत्काल कुनै टिप्पणी गरेको छैन।
एक प्रवक्ताका अनुसार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले म्यानमारको बिग्रँदै गएको अवस्था र बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment