जुम ब्यूटी एकेडेमीले भव्य रुपमा मनायो २२ औँ वार्षिकोत्सव
कलंकी । जुम ब्यूटी एकेडेमी स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । यहि अवसरमा एकेडेमीले सोमबार बबरमहलस्थित कार्की ब्याङकेटमा २२ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ।
चर्चित नायिका तथा एकेडेमीकी ब्राण्ड एम्बेस्डर केकी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित २२औँ वार्षिकोत्सव कार्यक्रममा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्ना कर्मचारीहरुलाई आफुहरुसँग सहकार्य गरेर अगाडि बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो साथ र सर्पोटको आसा गरेको बताए ।
हालसम्म जुमका १२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । एकेडेमीले कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खो, स्वयम्भू र कौशलटारमा शाखा सञ्चालन गरेर सेवा दिँदै आएको छ।
एकेडेमीले वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार र अवार्ड दिँदै सम्मान समेत गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment