अमेरिकाबाट नेपाल फर्किँदै रेखा, नयाँ फिल्म बनाउने तयारी
काठमाडौं। सन्तान जन्माउन गत मंसिरमा अमेरिका उडेकी रेखा वैशाखको १८ गते नेपाल फर्किँदै छिन्। उनी नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ।
सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन्।उनले फिल्मको नाम सोचिरहेको बताइन् ।
नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन ।
‘मेरो अझैं दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ’, रेखाले भनिन्।
फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी हुन्।
फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन्। फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment