मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु
मस्को। रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ। सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्। सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो। सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ।
मस्कोस्थित अमेरिकी दूतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ। जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment