‘सिरियल किसर’इमरान हाशमी तेलेगु फिल्ममा पनि खलनायक, फस्ट लुक सार्वजनिक

डिसी नेपाल
११ चैत २०८० १५:५२

मुम्बई। बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।

इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।

इमरान हाशमीको आगामी तेलेगु फिल्म  ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ। यस फिल्ममा इमरान हाशमीले खलनायकको भूमिका निभाएका छन । उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।

इमरान हाशमीले फिल्म ‘दे कल हिम ओजी’बाट आफ्नो ‘फस्ट लुक’ सेयर गरेका छन्। उनले क्याप्सनमा लेखेका छन्,  ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु। म वाचा गर्छु, हामी मध्ये एक पक्कै टाउको काटिनेछ।’ यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन्।

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन्। इमरान हाशमीको लुक हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ । फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन्।

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाश्मीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन्। उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए। इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *