कपिल र सुनिल फेरि एकै ठाउँमा, द ग्रेट इन्डियन कपिल शोको ट्रेलर रिलिज

डिसी नेपाल
११ चैत २०८० १६:२६

काठमाडौं । कपिल शर्माको नयाँ कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ नेटफ्लिक्समा आउने तयारीमा छ । यो शोमा सुनिल ग्रोवर फेरि एकपटक कपिल शर्मासँग जोडिँदैछन् ।

लामो प्रतिक्षापछि शोको ट्रेलर सार्वजनिक भएको छ । यसमा, कमेडियनहरू बीचको रमाइलोसँगै तपाईंले सेलिब्रेटीहरूसँगको रमाइलो पनि देख्नुहुनेछ। शोमा तपाईले रणवीर कपुर र उनको परिवार, दिलजीत दोसांझ, परिणिती चोपडा र आमिर खानलाई देख्नुहुनेछ।

ट्रेलरको सुरुवात कपिल शर्माले दर्शकलाई आफ्नै शैलीमा अभिवादन गरेका छन् । अहिले आफ्नो शो अन्तर्राष्ट्रिय बनेको उनी बताउँछन् । यसपछि एउटा बक्स स्टेजमा प्रवेश गर्छ। सुनिल ग्रोवर केटीको भेषमा बक्सबाट बाहिर निस्किन्छन् ।

कपिलको नयाँ शोमा किकु शारदा, कृष्णा अभिषेक र राजीव ठाकुर पनि विभिन्न स्टाइल र अवतारमा देखिनेछन् । शोमा आमिर खान सहभागी हुने भएका छन् । ट्रेलरमा उनले आफ्ना छोराछोरीको कुरा गरिरहेका छन् । आमिरका अनुसार उनका छोराछोरीले उनको कुरा सुन्दैनन् । शोमा आमिरसँगै उनकी बहिनी निकत पनि आउने छिन् ।

आमिर बाहेक रणवीर कपुर आफ्नी आमा नीतु कपुर र रिद्धिमा कपुर साहनीसँग देखिनेछन् । कपिल शर्माको नयाँ शोमा दिलजीत दोसांझ, क्रिकेटर रोहित शर्मा लगायत धेरै पाहुनाहरु देखिनेछन् । यस शोको ट्रेलर निकै रमाइलो छ । ‘द ग्रेट इन्डियन कपिल शो’ मार्च ३० बाट राति ८ बजे नेटफ्लिक्समा रिलिज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *