सरकारले जतिसुकै ठूला माछा भेटिए पनि छाड्दैनः गृहमन्त्री लामिछाने
चितवन। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन्।
उनले आफ्नो निजी सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्दै होली मनाएका हुन्। सो अवसरमा बोल्दै अहिले गठबन्धन गरेर सरकारमा आफुले ठूलो काम गरेको दावी गरे।
चितवनकै कारण आफु हरेक सुखदुःखमा साथ सहयोगले नयाँ उचाई पुगेको उनले बताए। उनले भ्रष्टाचार नियन्त्रणमा जतिसुकै ठूला माछा भएपनि सरकारले नछाड्ने उल्लेख गरे।
लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफुहरु नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको दाहोेर्याए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment