सत्ता गठबन्धनमा छलफल गरेर एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाउने

डिसी नेपाल
११ चैत २०८० १७:५५
764
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन।

आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने /नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवारका बारेमा कुनै निर्णय लिइसकेका छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *