एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित
सुर्खेत। नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन्।
नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव ९खुला० मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा ९एमाले० सुर्खेतले जनाएको छ ।
यसैगरी महिला ९सचिव० मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment