लिलाराज काम्बाङको म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक(भिडियो)

डिसी नेपाल
१३ चैत २०८० १५:३१

काठमाडौं। गीतकार लिलाराज काम्बाङको म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमका बिच २१ मिनेट लामो उक्त म्युजिकल फिल्म प्रिमियर गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठसँगै बिशिष्ट अतिथि लोकप्रिय गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका अतिथिहरुबाट सामुहिक बिमोचन गरिएको थियो। सार्वजनिक म्युजिकल फिल्म छुट्ने बेला गीतमा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन्।

युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शंकर थापा ‘स्माईल’को संगीत रहेको छ। एरेन्ज भने कुशल सिंहले गरेका हुन्। गीतकार काम्बाङले कार्यक्रममा भिडियो सन्देश पठाउँदै सबैलाई धन्यवाद दिए। उनले परदेशमा रहेर आफूले लेखेका गीतलाई अडियो र भिडियोको माध्यमबाट दर्शक तथा स्रोता माझ ल्याउन मद्धत पुर्याउने गीतको टिमलाई बिशेष आभार प्रकट गरे।

प्रमुख अतिथि श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई म्युजीकल फिल्मको रुपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए। मेरो भ्वाइस युनिभर्समको दिप, अन्जु र शिव जज समेत थिए।

कार्यक्रममा बिशेष अतिथिहरु एनआरएन एनसिसि इजरायलकी उपाध्यक्ष आदम्बरी दाना श्रेष्ठ, संगीतगुरु श्री श्रेष्ठ, गायिका निशा देसार, बबिना किराती, गायक बिरेन्द्र श्रेष्ठ, रबिन लिम्बु, कमल श्रेष्ठ, देवेन्द्र बराल, खेम सुब्बाको उपस्थिती थियो।

संगीतकार शंकर थापा ‘स्माईल’ले छोटो समयको निम्तोलाई पनि स्विकार गर्दै कार्यक्रममा उपस्थित हुने सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिदै गीतको अडियो र भिडिओमा आफूहरुले निकै मिहिनत गरेको भन्दै सबैलाई हेरिदिन र सुनिदिन आग्रह गरे।

ुछुट्ने बेलाु भिडियोमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बु, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, ‘स्माईल’ लगायतको अभिनय रहेको छ। बिशाल थापाको छायांकन, दिन्शन शाहले सम्पादन रहेको भिडिओमा कथा तथा निर्देशक गणेश शाहीको रहेको छ । यसअघि पनि थुप्रै चलचित्रमा सहनिर्देशन गरिसकेका गणेशको छुट्ने बेला’ मा उत्कृस्ट निर्देशकीय खुबी देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *