थाइल्याण्डमा समलिङ्गी विवाहलाई वैधानिकता दिने विधेयक तल्लो सदनबाट पारित

डिसी नेपाल
१४ चैत २०८० १४:००

काठमाडौं । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ । देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ ।

यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ । तर सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ।

यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *