एकछिनको रमाइलोले हातमा आइसकेको ११ करोड रूपैयाँ डुबेपछि…

डिसी नेपाल
१४ चैत २०८० १५:००

काठमाडौं । आयरल्यान्डमा बस्ने एक महिलालाई क्रिसमस ट्री फ्याँक्ने प्रतियोगितामा भाग लिएर, प्रतियोगिता जितेर फोटो खिच्दा करोडौंको नोक्सानी भएको छ । प्रतियोगितामा महिलाले गरेको क्रियाकलाप देखेर अदालतले उनको ५ लाख ५० हजार पाउण्ड (लगभग ११ करोड रुपैयाँ)को बीमा दाबी खारेज गरेको छ । ती महिला कार दुर्घटनामा घाइते भएपछि बीमा दाबीका लागि अदालत गएकी थिइन् ।

३६ वर्षीया क्यामिला ग्राब्स्काले एक बीमा कम्पनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दामा क्यामिलाको तर्फबाट उनको ढाड र घाँटीमा लागेको चोटले उनलाई पाँच वर्षभन्दा बढी समयसम्म कुनै पनि प्रकारको काम गर्न नसक्ने बनाएको बताइएको थियो। यसबाहेक क्यामिलाले आफू आफ्ना छोराछोरीसँग खेल्न नसकेको पनि बताइन् । २०१७ मा उनी कार दुर्घटनामा परेपछि आफू पूर्ण रूपमा अशक्त भएको दाबी गरिन्।

हालै क्यामिलाको एउटा तस्विर भाइरल भएको थियो जुन स्थानीय पत्रपत्रिकामा पनि प्रकाशित भएको थियो । यस तस्वीरको अवलोकनपछि लाइमरिक उच्च अदालतका न्यायाधीश कार्मेल स्टीवर्टले उनको बीमा दाबी अस्वीकार गरेका हुन् । भाइरल तस्बिरमा क्यामिलाले २०१८ मा आयोजित एक च्यारिटी कार्यक्रममा ५ फिट अग्लो क्रिस्मस ट्री फ्याँकिरहेको देखिएको थियो ।

द गार्डियनले आफ्नो रिपोर्टमा लेखेअनुसार न्यायाधीशले उनले फ्याँकेको प्राकृतिक क्रिसमस ट्री भएको र उनले यसलाई धेरै तीव्र गतिमा फ्याँकिरहेको ठहर गरे । यसरी रुख फाल्न सक्ने महिलाले आफू पूर्ण अशक्त भएको भन्दै बीमा दाबी गर्नु पूर्णतया अतिरंजित भएको न्यायाधीशले ठहर गरे । त्यसैको आधारमा न्यायाधीशले दावी खारेज गर्न सिफारिस गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *