झरीमा खुलेको भक्तपुर दरवार स्क्वायर क्षेत्र (तस्वीर)

सिमाेन पाैडेल
१५ चैत २०८० ९:५३
136
Shares

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बिहीबार विहानैदेखि काठमाडाैं उपत्यकामा वर्षा भइरहेकाे छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

उपत्यकामा वर्षा भइरहँदा सांस्कृतिक नगरीका रूपमा चिनिएकाे भक्तपुर दरवार स्क्वायर क्षेत्र रमणीय देखिएकाे छ। भक्तपुर दरबार क्षेत्रमा विभिन्न स्थानका सुन्दर तस्वीर डिसी नेपालका लागि सिमाेन पाैडेलले क्यामरामा कैद गरेका छन्। हेराैं केही आकर्षक तस्वीर।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *