हिजबुल्लाहले इजरायली सहरमा दर्जनौं रकेट प्रहार गरेको दाबी
काठमाडौं । लेबनानी चरमपन्थी समूह हिजबुल्लाहले उत्तरी इजरायलको किरियत शमोना सहर र नजिकैको सेनाको आधारमा दर्जनौं रकेट प्रहार गरेको जनाएको छ।
अनलाइन देखिएका भिडियो र तस्बिरहरूले कम्तिमा दुईवटा भवनमा क्षति पुगेको देखाएको छ। हिजबुल्लाहले इजरायली हवाई आक्रमणको जवाफमा यी आक्रमणहरू गरेको बताएको छ।
यसअघि इजरायलले दक्षिणी लेबनानमा रहेको नाबातीहमा हवाई हमला गरेको थियो। यस आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिणी लेबनानको हेब्बरियाह गाउँमा रहेको इस्लामिक समूहको आपतकालीन र राहत केन्द्रलाई लक्षित गरी यो हमला गरिएको हो ।
उत्तरपूर्वी लेबनानमा मङ्गलबार इजरायली हवाई हमलामा तीन हिजबुल्लाह लडाकू मारिएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment