अमेरिकामा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरे

डिसी नेपाल
१५ चैत २०८० १६:०५

काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले छुरा प्रहार गरी चार जनाको हत्या गरेका छन् ।

कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

रकफोर्ड शहरका प्रहरी प्रमुखले यस मामिलामा २२ वर्षीय युवकलाई पक्राउ गरी सोधपुछ भइरहेको बताएका छन् ।

हत्याको कारण भने खुल्न नसकेको उनले बताए ।

घटनामा ज्यान गुमाउनेमा सबैभन्दा कम उमेर १५ वर्षकी बालिका र ६३ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *