चीनको अर्थतन्त्रलाई ठूलो धक्का, विदेशी लगानी ३० वर्षयताको सबैभन्दा कम

डिसी नेपाल
१६ चैत २०८० १२:४१

काठमाडौं । चीनको अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ । बैंकिङ संकटदेखि घरजग्गाको संकट भोगिरहेको चीनमा अहिले सेयर बजारमा ठूलो गिरावट आएको छ । चीनको अर्थतन्त्रमा गिरावट आउनुको सबैभन्दा ठूलो कारण प्रत्यक्ष वैदेशिक लगानीमा आएको कमी हो। जसका कारण चीन बिस्तारै मन्दीमा फसिरहेको छ ।

ब्लूमबर्गको रिपोर्टअनुसार चीनमा आउने विदेशी प्रत्यक्ष लगानी (एफडीआई) घट्दै गएको छ र यो ३० वर्षमा सबैभन्दा खराब अवस्थामा पुगेको छ । गत वर्ष मुलुकमा ३३ अर्ब डलर मात्रै विदेशी लगानी आएको थियो जुन सन् २०२२ को तुलनामा ८२ प्रतिशतले कम हो । चीनको प्रत्यक्ष लगानी दायित्व सन् २०२३ मा ३३ अर्ब डलरमा झर्नेछ, जुन सन् १९९३ पछिको सबैभन्दा कम हो।

यससँगै चीनको अर्थतन्त्रको सबैभन्दा बलियो स्तम्भ अर्थात् घरजग्गा क्षेत्र पनि विगत केही वर्षदेखि गम्भीर संकटमा छ । चीनको सबैभन्दा ठूलो घर जग्गा कम्पनी एभरग्रान्ड टाट पल्टिएको छ । रियलस्टेट क्षेत्रको संकटले बैंकिङ क्षेत्रलाई पनि घेरेको छ । घरजग्गा विकासकर्तालाई ऋण दिने बैंक पनि समस्यामा परेका छन् । यी सबै तनावको प्रभावका कारण चीनको शेयर बजार दबाबमा आएको छ ।

योसँगै अमेरिकासँगको गहिरो तनाव पनि चीनको शेयर बजार घट्नुको प्रमुख कारण हो । अहिले चीनको कमजोर बृद्धिदरले लगानीकर्तालाई यहाँबाट टाढा लैजाँदै छ । यस वर्ष चीनको वृद्धिदर सन् २०२३ मा ५.२ प्रतिशतको तुलनामा ४.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । यदि यो अनुमान सही साबित भयो भने, यो १० वर्षमा चीनको अर्थतन्त्रको सबैभन्दा खराब प्रदर्शन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *