गाजामा राहत सामग्री लैजान अनुमति दिन इजरायललाई अन्तर्राष्ट्रिय अदालतको आदेश

डिसी नेपाल
१६ चैत २०८० १३:२२

काठमाडौं । संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले इजरायललाई गाजामा कुनै अवरोध बिना राहत सामग्री र चिकित्सा सामग्री प्रवाह गर्न अनुमति दिन आदेश दिएको छ।

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले इजरायलले ‘बिना ढिलाइ’ कारबाही गर्नुपर्ने भनेको छ। गाजामा केही साताभित्र भोकमरी आउने चेतावनीपछि यो आदेश आएको हो ।

तर, इजरायलले राहत रोकेको आरोपलाई ‘निराधार’ भनेको छ।

इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले सर्वोच्च अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो। दक्षिण अफ्रिकाले पनि गाजामा राहत सामग्री पुर्‍याउन अपिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *