दार्चुलामा भिरबाट लडेर वडा सचिवको घटनास्थलमै मृत्यु

डिसी नेपाल
१६ चैत २०८० १८:३०
56
Shares

धनगढी। दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार जानकारी पाएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *