गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१७ चैत २०८० ११:४६

काठमाडौं। लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ ।

मणि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले भरेका छन्।

सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत कर्णप्रिय छ । गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरु पोखेका छन् ।

गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफै देखिएका छन्, भने उनलाई अभिनयमा साथ गरिमा शर्माले दिएकी छन् । भिडियोमा दुबैको जोडी सुहाउँदो देखिएको छ ।

उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुन् ।

५०० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक डोटेल पछिल्लो समयका चलेका गायक हुन् । गायक डोटलका ‘बनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै होनी माया’लगायत थुप्रै हिट छन्।

डोटेल बहुप्रतिभाशाली गायक हुन् । उनी सेन्टिमेन्टका अलवा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा समेत चिनिदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *