बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘गाउँ आएको बाटो’ छनोट

डिसी नेपाल
१७ चैत २०८० १६:३३
60
Shares

काठमाडौं। फिल्म ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।

नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ ।

राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ। निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटरबाटो भित्रिएसँगै आएका परिवर्तनले ल्याउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरेका छन्।

यो फिल्म बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । यो फिल्म नेपालमा भने आगामी जेठ १८ गतेदेखि प्रदर्शन हुदै छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *