चट्याङ लागेर बालिकाको मृत्यु

डिसी नेपाल
१७ चैत २०८० २२:४३
128
Shares

दैलेख। भैरवी गाउँपालिका–७ पानिपोखरीमा आज दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ।

चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए। चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ। दैलेखमा दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *