मनमोहक पाटन दरबार क्षेत्र (तस्वीरसहित)

सिमाेन पाैडेल
१८ चैत २०८० १०:५५

काठमाडौं। काठमाडाैं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो।

पाटन शहर बरदेवले स्थापना गराएका हुन्। प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौं शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ। यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो।

पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ।

वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए।

पाटन दरबार क्षेत्रका केही तस्वीर डिसी नेपालका लागि सिमाेन पाैडेलले क्यामरामा कैद गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *