नेदरल्यान्ड्सको प्रसिद्ध क्याफेमा धेरै मानिसलाई बन्धक बनाइयो

डिसी नेपाल
१८ चैत २०८० १०:५९

काठमाडौं । प्रहरीका अनुसार नेदरल्याण्डको पूर्वमा रहेको एउटा सहरको लोकप्रिय क्याफेमा हतियारधारी आक्रमणकारीले कैयौं मानिसलाई बन्धक बनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्ति शनिबार बिहान क्याफे पेटीकोटमा प्रवेश गरे र आफूलाई विस्फोटक पदार्थले उडाउने धम्की दिए। यो घटना इडे सहरको हो ।

यसपछि यो क्याफे वरपरका करिब १५० घर खाली गरी सहरका मुख्य क्षेत्रहरु बन्द गरिएको छ । यस घटनाको पछाडि कुनै आतंककारी नियत पत्ता नलागेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *