नेटोबारे पुटिनको वक्तव्यपछि पोल्याण्डका प्रधानमन्त्रीले किन उठाए युद्धको मुद्दा ?

डिसी नेपाल
१८ चैत २०८० ११:४४

काठमाडौं । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्वको अवधि’मा रहेको बताएका छन् । उनले युक्रेनलाई रुससँग हार्ने अनुमति दिन नहुने बताए । यो सम्पूर्ण युरोपको लागि राम्रो हुनेछैन।

उनले युद्ध अब विगतको कुरा नरहेको बताए । अब यो वास्तविकतामा छ र यो दुई वर्ष पहिले सुरु भयो। पोल्याण्डका प्रधानमन्त्रीको यो बयान रुसले युक्रेनको ऊर्जा प्रणालीमा गरेको पछिल्लो हमलापछि आएको हो ।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले नेटोमाथि आक्रमण गर्ने मनसाय नरहेको बताएका छन् ।

उनले रुसले पोल्याण्ड, बाल्टिक देश र चेक गणतन्त्रमाथि आक्रमण गर्ने दाबी बेकारका कुरा भएको बताए ।

यद्यपी पुटिनले युक्रेनले आफूविरुद्ध एफ–१९ लडाकु विमान प्रयोग गरे उनीहरू जहाँ भए पनि निशाना बनाइने चेतावनी दिएका थिए ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युरोपसँगको सम्बन्ध रसातलमा गयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *