चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो।
दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाएको थियो।
चेन्नईका लागि आजिख्य रहानेले सर्बाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए। त्यसै गरि डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए। त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्बाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषव पन्तले ५१ रन बनाएका थिए। त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए।
यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो। दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार बेहोरेको थियो। त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment