सलमान खान ‘वान्टेड २’ मा काम गर्न राजी

डिसी नेपाल
१९ चैत २०८० १६:२०

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानका फ्यानहरुले पछिल्लो १६ वर्षदेखि प्रतिक्षा गरिरहेको फिल्म वान्टेडको सिक्वेल बन्ने खबर पाएका छन् । यस पटक यो खबरको पुष्टि निर्माता बोनी कपुरले नै गरेका छन् ।

सन् २००८ सलमान खानको करियरमा एउटा ऐतिहासिक वर्ष रह्यो । यो वर्ष रिलिज भएको उनको फिल्म ‘वान्टेड’ ले बक्स अफिसमा ठूलो व्यापार गर्‍यो, जसले सलमानको करियरलाई नयाँ गति दिएको थियो । ‘वान्टेड’ उनको करियरमा निकै महत्वपूर्ण फिल्म मानिन्छ । यस फिल्मको सिक्वेलको प्रतिक्षा १६ वर्षदेखि छ ।

फिल्मका निर्माता बोनी कपूरसँग सलमानको सम्बन्धमा तनाव आएपछि ‘वान्टेड २’ बनाउन गाह्रो भएको बताइएको थियो । तर अब बोनी कपुर आफैंले ‘वान्टेड २’ बन्ने र त्यो पनि सलमानसँगै बन्ने पुष्टि गरेका छन् ।

जुमसँगको अन्तर्वार्तामा बोनी कपुरले आफ्नो जीवन र फिल्मको बारेमा खुलेर कुरा गरे। आफ्ना अविस्मरणीय फिल्मको सिक्वेल र रिमेक बनाउने सम्बन्धमा बोनीले भने, ‘हम पाँच’ को रिमेक बनाउने विषयमा उद्योगका केही व्यक्तिले कुरा गरेका छन् ।

आफ्ना ठूला फिल्महरूको सिक्वेलको बारेमा कुरा गर्दै उनले भने, ‘मिस्टर इन्डिया’ बनाउन सकिँदैन किनभने यसमा एउटा तत्व चाहिन्छ (जुन अहिले गाह्रो छ)। ‘जुदाई’ मा टिभी शोहरु बनेका छन् । वान्टेडको सिक्वेल बनाउँछु ।

उनले भने, ‘मैले यसका लागि सलमान खानसँग कुरा गरेँ । मैले भनेँ– ‘ठीक छ, तिमीले अब यो फिल्म बनाउँदैनौ भने म यसलाई बनाउनेछु र म चाहन्छु कि तिमी नै यो फिल्म गर ।’ मेरो यो कुरामा सलमानले भने, ‘ठीक छ बोनी सर, म यो गर्छु।’ अब यस विषयमा थप सोचिरहेको बोनीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *