तनहुँमा आठ फिट लामो अजिंगरको उद्धार

डिसी नेपाल
१९ चैत २०८० २०:५२
76
Shares

दमौली। तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिंगरको आज उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिंगरको उद्धार गरिएको हो।

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए। अजिंगर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए।

उद्धार गरिएको अजिंगरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ। ‘स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिंगर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो’, वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, ‘आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *