गोकर्णेश्वरमा आगलागी परी एक जनाको मृत्यु

डिसी नेपाल
१९ चैत २०८० २२:०५
152
Shares

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ घर भएका ७० वर्षीय भरत तिमल्सिना रहेको प्रहरीले जनाएको छ।

टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *