भौतिकवादी दृष्टि र समाज परिवर्तन
राजनीति दल भएपछि धर्म वा आत्ध्यात्म वा अन्धविश्वासको पनि संरक्षण र सम्मान गर्नुपर्ने, उता विज्ञान प्रविधिको पनि कुरा गर्नुपर्ने वा राम्रो नराम्रो सवैको रक्षाकवज बन्नुपर्ने नियति हुँदोरहेछ।
केहीले परम्परा, सनातन, विपन्नता र कमजोर चेतनामाथि खलेर धार्मिक दर्शन, सम्प्रदाय, संगठन बनाएर अभियान चलाउन हुने। अनि त्यसैका माध्यमबाट राजनीति सत्ताको दाबी गर्न मात्रै हैन सार्वभौम सत्ता, सरकार र देशलाइ नै धार्मिक सापेक्ष समेत बनाउन आम बितण्डा मच्चाउन पनि हुने। अनि आधुनिक विज्ञान र वैज्ञानिक दर्शनमा आधारित भौतिकवादि संगठनमार्फत् सामाजिक राजनीति अभियान किन संचालन हुन नसक्ने ?
नेपालमा कतिपय राजनीति दल नेताहरू वैज्ञानिक भौतिकवादी चेत र चरित्रका भइकनपनि जनसमर्थन गुम्ने र राजनीति सत्ता सक्तिबाट बिमुख हुनुपर्ने डरले अन्धविश्वास, धर्म र कमजोर चेतनाको सिकार भएर समाज विकासको गतिलाई अवरोध गरिरहेका छन्।
जसको सिकार हामी र सिंगो देश बनेको छ। अब यसबाट अगाडि बढ्ने साहस गर्नुपर्छ। कुन राजनीति संगठन छ यसको लागि तयारी? राजनीति दल वा सबैखाले सामाजिक संगठनहरुको उद्देश्य भनेको नै मानव समाजको निरन्तर अग्रगती र समृद्दी तर्फ लैजाने हो।
तर विश्वका पिछडिएका मुलुक र खासगरी हाम्रो नेपालजस्तो कमजोर चेतना स्तर भएको देशमा स्थापित सामाजिक संगठन र राजनीति दलहरु आधुनिक वैज्ञानिक चेतनाको जेहाद छेड्न नसकेर अन्धविश्वास र कमजोर चेतनाको सहारामा राजनीति सत्ता प्राप्त गर्नका लागि आधुनिक विकासको गतिमा अगाडि जान सकिरहेका छैनन्।
त्यसैले धार्मिक अन्धविश्वासी लगाव र चेतनाले मावन जाति र सिंगो पृथ्वी जगतलाई नै कतिसम्म जगेडेर राखिरहेको हुन्छ भन्ने कुराको चिरफार गराउने प्रयास स्वरुप तल उल्लेखित विषयवस्तु संकलन गरी प्रश्तुत गरिएको छ।
वैज्ञानिक दृष्टिकोण राख्न वा दन्दात्मक भौतिकवादी विश्वदृष्टिकोण राख्नका लागि कम्यनिष्ट वा माक्र्सवादी भाष्यमा आधारित राजनैतिक दल नै वा दलको नेता नै हुनुपर्छ भन्ने हैन, जुनसुकै क्षेत्र र संगठनसँग वैज्ञानिक चेतना बोकेका भौतिकवादी दृष्टिकोण भएका व्यक्ति र अभियान्ताहरु हुन्छन्।
No ads found for this position


Facebook Comment