जर्मनीमा गाँजाको प्रयोग गर्न कानुनी रूपमा अनुमति

डिसी नेपाल
२० चैत २०८० १४:०१
28
Shares

काठमाडौं । जर्मनीले सोमबार, अप्रिल १ देखि देशमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएको छ। यसको मतलब जर्मनीमा गाँजाको प्रयोग अब गैरकानूनी छैन, जबसम्म यो सरकारले तोकेको नियम भित्र रहन्छ।

देशमा हुने गाँजाको कालोबजारी अन्त्य गर्न सरकारले यस्तो निर्णय गरेको हो । यो निर्णयपछि अब जर्मनीमा १८ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिले २५ ग्रामभन्दा बढी गांजा राख्न सक्नेछन् ।

नयाँ नियमअनुसार अब प्रति घर तीन वटा गाँजाको बोट रोप्ने अनुमति दिइएको छ । तर, विद्यालय, खेलकुद केन्द्र वा हिड्ने बाटोमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म गाँजाको प्रयोगमा प्रतिबन्ध लगाइनेछ।

यसका साथै जुलाइ १ गतेदेखि बढीमा ५ सय जनासम्मको उत्पादक युनियन वा सामाजिक क्लब खोल्न पनि अनुमति दिइएको छ ।

यस संघ वा क्लबको उद्देश्य नाफा कमाउने उद्देश्य बिना गाँजा उत्पादन र वितरण हुनेछ। तर, यसका सदस्यहरूको न्यूनतम उमेर १८ वर्ष हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *