नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

डिसी नेपाल
२१ चैत २०८० ६:२८

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदै छ। सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदै छ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो। आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो।

अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *