गायक तुलसी सिवाकोटीको गीत ‘काठमाडौंमा’ बिमोचन (भिडियो)

डिसी नेपाल
२१ चैत २०८० १६:१२
96
Shares

काठमाडौं। गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘काठमाडौंमा’ को बिमोचन गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रम बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबु सुवेदी र संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको बिमोचन गरेका हुन्।

लामो समय देखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको गीत ‘काठमाडौंमा’ शब्द ,संगीत लोकप्रिय संगीतकार दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतलाई एरेन्ज गरेका हुन्।

कार्यक्रममा गायक सिवाकोटीले सर्जकलाई पनि सहयोग होस् भनेर आफुले हरेक पटक स्टेज सो हरुमा’काठमाडौंमा’ गीत गाउँदा यसका सर्जक दीपक शर्मालाइ पनि केही प्रतिशत रकम छुट्याएर हस्तान्तरण गरिने घोषणा गरेका थिए। सो कार्यको संगीतकार चेतन सापकोटाले पनि प्रसंसा गरेका थिए।

बिशेषत सुदुरपश्चिम र कर्णालीबाट काठमाडौंको जीवन शैलीलाइ नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाइ प्रयोग गरिएको छ।

गायक तुलसी सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको’काठमाडौंमा’ भिडियोलाइ तुलसी सिवाकोटीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उत्तम हुमागाईंको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *