नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
काठमाडौं। भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ।
फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो।
बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनायो।
यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाए। कुशल भुर्तेलले ५४ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिए भने दृशान्त सोनी र आर्या देसाईले २–२ विकेट लिए।
यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। नेपाल शुक्रबार बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको हो। यस फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment